सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत जाखोर तालको जलकुम्भी हटाउन सुरु

२०७६ असार २, ०६:१३ खबर संवाददाता

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत धनगढी उपमहानगरपालिका ७ स्थीत जाखोर तालमा फैलिएको जलकुम्भी हटाउन फेरी सुरु गरिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत परिश्रममा आधारीत सामुहिक कार्यक्रम मार्फत बेरोजगार यूवा यूवतीहरुले तालमा रहेको जलकुम्भी हटाउन थालेका हुन्।

यस अघि मंसिर २ गतेबाट धनगढी उप–महानगरपालिकाको समन्वयमा स्थानीय प्रशासन, नेपाली सेना, जनपदप्रहरी र सशस्त्र प्रहरीहरु तालमा रहेको जलकुम्भी हटाउने अभियान सुरु गरेका भएपनि उक्त अभियान अलपत्र परेको थियो। सो समयमा प्रत्येक शनिवार जलकुम्भी हटाउने अभियान जारी राख्ने दावी गरिएको थियो।

कमेन्ट लोड गर्नुस