सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुनर्वासमा विद्यालयको बसबाट ओर्लिदा घाईते भएका बालकको मृत्युु

२०८१ असोज १४, १२:१२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको पुनर्वासमा विद्यालयको बसबाट ओर्लिने क्रममा लडेर घाईते भएका एक बालकको मृत्युु भएको छ।

शुक्रवार साँझ ५ः३० बजेको समयमा पुनर्वास नगरपालिका–३ स्थित एसपिएल एकेडेमीको बसबाट घर नजिकै ओर्लिने क्रममा हुलाकी सडक खण्डमा लडेर घाईते भएका पुनर्वास–५ ग–गाउँका चक्र खातीका ८ वर्षीय छोरा करन खातीको उपचारका क्रममा शनिवार राति भारतको मेडासिटी हस्पिटलमा मृत्यु भएको हो।

ती बालक एसपिएल एकेडेमीको कक्षा १ मा अध्ययनरत थिए। उनको शव अहिले पोष्टमार्टमका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेश बिक्रम शाहीले जानकारी दिए। विद्यालयको  बस र चालक पुनर्वास नगरपालिका–५ का कमल थापालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि अदालतबाट ५ दिन म्याद थप गरिएको प्रहरी निरीक्षक शाहीले बताए। 

कमेन्ट लोड गर्नुस