सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट एक महिलासहित ५ जना फरार दोषी पक्राउ

२०८१ असोज १४, ०८:१७ खबर संवाददाता

धनगढीः कैलालीबाट एक महिलासहित ५ जना फरार दोषी पक्राउ परेका छन्।

लागूऔषध मुद्दामा २५ दिन कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने २८ वर्षीय यज्ञबहादुर ओली र २४ वर्षीय सुरेशबहादुर ओली, चोरी मुद्दामा १ महिना ३ दिन कैद सजाय र ३० हजार जरिवाना तोकिएको घोडाघोडी नगरपालिका–१० पहलमानपुर बस्ने २२ वर्षीय लोकेन्द्र बम पक्रउ परेका छन्।

यस्तै चेक अनादर मुद्दामा १ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने ४८ वर्षीय ज्ञानेन्द्र गुप्ता र ४६ वर्षीया छाया गुप्ता आइतवार पक्राउ परेका हुन्। जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस