सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट मध्यरातमा ६ जना जुवाडे पक्राउ 

२०८१ असोज १४, ०८:०५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट मध्यरातमा ६ जुवाडे पक्राउ परेका छन्।

गएराती १२ बजे दोधरा चाँदनी नगरपालिका–६ संगम टोलका धने गुरुङको खाली घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन। पक्राउ पर्नेमा दोधरा चाँदनी नगरपालिका–४ का ४९ वर्षीय मोहन बहादुर सिंहसहित ६ जना रहेका छन्।

अन्यको नाम भने प्रहरीले खुलाएको छैन। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट २२ हजार १३० रुपैयाँ, २ वटा मोबाइल र १ गड्डी तास बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

कमेन्ट लोड गर्नुस