कैलालीबाट भन्सार छलीका कपडा बरामद
धनगढीः कैलालीबाट भन्सार छलीका कपडा बरामद गरिएको छ।
जिल्लाको गोदावरी नगरपालिका–२ तेघरी र गौरीगंगा नगरपालिका–६ बनबेहडाबाट करिब ७० हजार ७७० मुल्य बराबरका कपडा बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय मालाखेती,कैलाली अपराध अनुसन्धान शाखा र इलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले कपडा बरामद गरेको हो। बरामद गरेका लेडिज कुर्ता, सुट, ब्लाउज, जुत्ता, चप्पल, टर्चलाईटमा लाग्ने ब्याट्री लगाएतका सामान कारबाहीका लागि भन्सार कार्यालयमा पठाएको छ।