सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरेमा गाडी पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

२०८१ असोज १३, ०५:५८ खबर संवाददाता

धनगढीः कैलालीको चुरेमा गाडी पल्टिँदा दुई जना घाइते भएका छन्।

चुरे गाउँपालिका–५ निङलाडीमा बा १३ च ७७१८ नम्बरको टाटा  टेल्को लाइन गाडी ब्रेक नलागेर पल्टिँदा दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर गाडी चालक गोदावरी–१० का प्रकाश खड्का र धनगढी उपमहानगरपालिका–५ का अङ्कित भण्डारी घाइते भएका छन्।

भण्डारीको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते भण्डारीको निसर्ग अस्सपतालमा उपचार भइरहेको छ। चालक प्रकाशलाई भने प्रहरीले नियन्त्रणमा  लिएको छ।

कमेन्ट लोड गर्नुस