सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट पनि सुकिला नोट सटही सुविधा दिइदै

२०८१ असोज १३, १०:११ खबर संवाददाता

धनगढीः यस वर्षको दसैं, तिहार र छठका लागि आजदेखि राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले सर्वसाधरणलाई सुकिला नोट सटही सुविधा दिने भएका छन्।

नेपाल राष्ट्र बैंकले नोट सटहीसम्बन्धी सूचना जारी गर्दै आगामी असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न सकिने सूचना यसअघि नै जारी गरिसकेको छ। राष्ट्र बैंकको केन्द्रीय कार्यालय, धनगढीसहित सातैवटै प्रादेशिक कार्यालयसहित सबै बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट सटही सुविधा दिने तयारी भइरहेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले बताए।

सबै दरका एकरएक थान गरी प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नोट सहटी गर्ने तयारी राष्ट्र बैंकले गरेको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैकिङ विभागबाट नोट सटही गर्न सकिनेछ। राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट सटहीको सुविधा लिन सकिने जनाएको छ।

कमेन्ट लोड गर्नुस