सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइकल अनियन्त्रित भएर एक जना घाइते

२०८१ असोज १२, ०५:४४ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकल आफै अनियन्त्रित भएर एक जना घाइते भएका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–१३ मा शुुक्रवार राति सुदूरपश्चिम प्रदेश ०१००८ प १३५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जना  घाइते भएका छन्। घाइते हुनेमा गोदावरी नगरपालिका–५ का ४० वर्षीय जवाँइ राना रहेका छन्। उनको मायामेट्रो अस्पतालमा  उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस