सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज विश्व रेबिजविरुद्धको दिवस, गोदावरीमा निशुल्क खोप लगाइने

२०८१ असोज १२, ०७:५६ खबर संवाददाता

धनगढीः आज विश्व रेबिजविरुद्धको दिवस। नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ।

रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिज दिवसको रुपमा मनाउने गरिएको छ। यो दिवस लुइस पाश्चरको मृत्युको वार्षिकोत्सवका रुपमा समेत मनाइन्छ।

फ्रान्सेली वैज्ञानिक लुइसले रेबिजविरुद्धको पहिलो खोप विकास गरेका थिए। पशु सेवा विभागले रेबिज दिवसमा विशेष सचेतनामूलक कार्यक्रम गर्न भन्दै ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको छ। ‘अवरोध हटाऔँ, रेबिज उन्मूलन गरौँ’ भन्ने नारासहित यो वर्ष रेबिज रोगविरुद्धको दिवस मनाउने कार्यक्रम रहेको विभागले जनाएको छ।

विभागका अनुसार स्थानीय तहहरूले असोज ६ देखि १२ सम्मलाई सप्ताहव्यापीरुपमा रेबिजविरुद्धको सचेतना फैलाउने कार्यक्रमहरू गर्न पत्राचार गरिएको छ। दिवसको अवसरमा कैलालीको गोदावरी नगरपालिकाले पनि आज रेवीज विरुद्धको एक दिने निःशुल्क खोप कार्यक्रम सञ्चालन गर्दै छ।

खोप कार्यक्रम गोदावरी नगरपालिका–३ को वडा कार्यालयमा सञ्चालन गरिने नगरपालिकाको पशु शाखाका प्राविधिक टेक शाहुले बताए। खोप कार्यक्रम बिहान ९ बजेदेखि साँझ ५ बजे सम्म सञ्चालन हुने जनाइएको छ।

कमेन्ट लोड गर्नुस