सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ४ लाख मुल्यको अबैध सामान बरामद

२०८१ असोज ११, ०३:३७ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा ४ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ।

जिल्लाका विभिन्न स्थानबाट अबैध सामान बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले २ लाख ८ हजार ५२०, इलाका प्रहरी कार्यालय दोधाराले ७ हजार, वडा प्रहरी कार्यालय महेन्द्रनगरले ९४ हजार ३३० र इलाका प्रहरी कार्यालय ब्रह्रमदेवले  १७ हजार १४० मुल्य बराबरको अबैध सामान बरामद गरेको छ।

यस्तै प्रहरी चौकी भुडाले १४ हजार ५३०, प्रहरी चौकी फटैयाले १८ हजार, प्रहरी चौकी झिलमिलाले ५ हजार पाँच सय, अस्थायी प्रहरी बिट भासीले ४६ हजार ८२० र अस्थायी प्रहरी बिट चम्फापुरले ४ हजार गरेर कुल ४ लाख १५ हजार ८४० मुल्यको अबैध सामान बरामद गरिएको छ। कस्मेटिक सामान, हार्डवेयरका सामान, सुर्ती, केबुल तार, तेल, बल्ब, बिडी, चिनी, सलाई, दाल, बिस्कुट, नरिवल, पेयपदार्थ, नम्किन र जुस लगायत सामान बरामद गरिएको कञ्चनपुर प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस