कैलालीमा मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु

कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। पुर्व पश्चिम राजमार्ग अन्तरगत कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरको कान्द्रा पुलमा से ३ प ६३३४ नम्बरको मोटरसाईकल दुर्घटनामा परी चालक घोडाघोडी नगरपालिका ८ का २५ वर्षीय दिनेश टमटाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटना परी गौरीगंगा नगरपालिका ११ का अन्दाजी २५ वर्षीय कर्ण कामी घाईते भएका छन्। उनको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ। मोटरसाईकल अनियन्त्रित भएर पुलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।




