सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुधवार रातिदेखि अवरुद्ध रहेको भीमदत्त राजमार्ग सुचारु

२०८१ असोज १०, ०३:३३ खबर संवाददाता

डोटीः सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सुचारु भएको छ।

डोटीको घोरडी र गोगनपानीमा पहिरो खसेपछि बुधवार रातिदेखि राजमार्ग अवरुद्ध भएको थियो।

राजमार्ग अवरुद्ध भएपछि सयौं यात्रु अलपत्र पर्नुका साथै बिरामी बोकेका एम्बुलेन्स पनि बाटोमै रोकिएका थिए। अहिले बाटो सुचारु भएर सवारी साधन गनतव्य स्थानतिर जान लागेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस