सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चट्याङ लागेर एक महिलासहित दुई जनाको मृत्यु

२०८१ असोज ९, ०३:२२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा चट्याङ लागेर एक महिलासहित दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार दोधारा–चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यमबहादुर सुनारको मृत्यु भएको छ। ‘बुधबार मध्यान्न १२ बजे सोही नगरपालिकाको भट्टीनालास्थित बजारबाट घर जाने क्रममा पानी परेपछि यमबहादुर र सोही स्थानका ३६ वर्षीय जगते सुनार रुखमुनि बसेका थिए। सोही क्रममा चट्याङ लागेर दुबै जना घाइते भएका थिए।

उपचारका क्रममा यमबहादुरको एक बजे मृत्यु भएको छ।’ यस्तै लालझाडी गाउँपालिकामा पनि चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १ नौरंगाकी २८ वर्षीया हिरामति रानाको मृत्यु भएको हो। बिहान साढे १० बजे चट्याङ लागेकोमा उपचारका क्रममा १२ बजे निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जोशीले बताए।

कमेन्ट लोड गर्नुस