सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा ४ लाख २४ हजार मुल्यको अबैध सामान बरामद

२०८१ असोज ९, ०१:४९ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा ४ लाख २४ हजार मुल्यको अबैध सामान बरामद गरिएको छ। जिल्ला विभिन्न स्थानबाट प्रहरीले अबैध सामान बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले टोलीले २ लाख ३१ हजार ६ सय मुल्यको सामान नियन्त्रणमा लिएको छ। त्यस्तै इलाका प्रहरी कार्यालय बेलौरीले ३१ हजार ३६० र इलाका प्रहरी कार्यालय दोधाराले २३ हजार ६८५ मुल्यको अबैध सामान बरामद गरेको छ। 

यस्तै प्रहरी चौकी खड्डाकंकडले ९ हजार, प्रहरी चौकी टेडुवाले ९ हजार २८० अस्थायी प्रहरी बिट भासीले ४२ हजार र अस्थायी प्रहरी पोस्ट आइबीआरडीले ७७ हजार ३ सय गरेर करिब ४ लाख २४ हजार २२५ मुल्य बराबरका अबैध सामान नियन्त्रणमा लिएको कञ्चनपुरले प्रहरीले बताएको छ। सुट, सुर्ती, मसला, सुपारी, प्लाष्टिक, रसी, मिठाई, ट्युव, किला, गुड, बिडी, दाल, बिस्कुट, पेयपदार्थ, साइकलका पाठपुर्जा, मोटरसाइकलका पाठपुर्जा, कडाई र डेक्ची बरामद गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस