सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक घरमा आगलागी

२०८१ असोज ९, ०१:३५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा एक घरमा आगलागी भएको छ। आज धनगढी उपमहानगरपालिका–४ स्थित बसपार्क पछाडि रहेको घरमा आगलागी भएको हो।

ओमशान्ति टोलमा उग्रतारा ट्रेड रहेको पाचौ तल्लामा पुष्पा भट्टको घरमा विद्युत सर्ट भएर अचानक आगलागी भएको हो। आगलागीको खबर प्राप्त भएपछि नगर प्रहरीको सहयोगमा धनगढी उपमहानगरपालिकाको दमकलसहितको टोलीले आगो नियन्त्रणमा लिएको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी नै छ।

No description available.

No description available.

कमेन्ट लोड गर्नुस