सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिडिओको धम्की पछि विदामा बसेका डडेल्धुराका डाक्टरलाई काठमाडौं बोलाइयो

२०७६ असार २, ०१:५१ खबर संवाददाता

सुत्केरी महिलाको मृत्यु पछि काम गर्ने वातावरण नभएको भन्दै विदामा बसेका डडेल्धुरा अस्पतालका डाक्टरलाई काठमाडौँ बोलाईएको छ। सुत्केरी महिलाको मृत्यु पछि उत्पन्न परस्थिती साम्य पार्नको सट्टा प्रमुख जिल्ला अधिकारी नै धम्की दिएको भन्दै सामूहिक विदामा बसेका ११ जना डाक्टरलाई नै सरकारी चिकित्सक संघ गोदानले काठमाडौं बोलाएको हो।

अस्पतालमा शल्यक्रिया गरेर शिशु जन्माएकी अमरगढी नगरपालिका–६ की २५  वर्षीया गीता ताम्राकारको शुक्रबार मृत्युपछि उत्पन्न परस्थितीले असुरक्षा भएका डाक्टरलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै हाजिर हुन भनिएको छ। संघका अध्यक्ष डाक्टर दीपेन्द्र पाण्डेले आईतबार एक विज्ञप्ति जारी गर्दै सुरक्षाको ग्यारेन्टी नभएसम्म र दोषीलाई तत्काल हिरासतमा लिएर अनुसन्धान नगरिए सम्म डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकलाई आफ्नो सुरक्षाका लागि काठमाडौँ बोलाईएको छ।

अध्यक्ष पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकोृ छ, ‘चरम मानसिक तनाव र असुरक्षाका बीच चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहुनु परेको र यस्तो अवस्थामा अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न असम्भव छ।’ ‘उच्च साहसका साथ डडेल्धुराजस्तो विकट ठाउँमा समेत उपचार सेवा संलग्न चिकित्सकहरुको उच्च मूल्यांकन हुनुपर्ने ठाँउमा यस्तो चरम मानसिक यातना दिइनु दुर्भाग्यपूर्ण रहेको र यसको असर कालान्तरसम्म त्यहाका स्थानीयले भोग्नुपर्ने भएकाले त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको व्यवस्था स्थानीय सरकारको समेत रहेको ध्यानाकर्षण गराउदछौं,’ विज्ञप्तीमा उल्लेख गरिएको छ। 

कमेन्ट लोड गर्नुस