सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजनाबारे छलफल

२०८१ असोज ८, ०६:३९ खबर संवाददाता

धनगढीः राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले आयोगको छैंटौं रणनीतिक योजना र मानव अधिकार सम्बन्धी पाँचौं राष्ट्रिय कार्ययोजनाका बारे सञ्चारकर्मीसँग छलफल गरेको छ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले आज धनगढीस्थित आफ्नै कार्यालयमा सञ्चारकर्मीसँग समन्वय र सहकार्य सम्बन्धी छलफल कार्यक्रम गरेको हो। सञ्चारकर्मीसँग गरेको खुला छलफलमा राष्ट्रिय मानव अधिकार आयोग र सञ्चारकर्मीहरुले कसरी सहकार्य गरेर मानव अधिकारको लागि काम गर्न सकिन्छ भन्ने बारे छलफल गरिएको थियो।

राष्ट्रिय मानव अधिकार आयोगको छैंटौं रणनीतिक योजनाको नारा “जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार स् दिगो शान्ति र संवृद्धिको आधार” भन्ने नारालाई सार्थक पार्नको लागि सञ्चारकर्मीहरुले खेल्न सक्ने भुमिकाको बारेमा चर्चा गरिएको थियो।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै उप–सचिव झंकरबहादुर रावलले राष्ट्रिय मानव अधिकार आयोगका छैंटौं रणनीतिक योजनाका ७ वटा रणनीतिक उद्देश्यहरु र १ सय ६ वटा कार्यक्रमलाई सफल पार्न सञ्चारकर्मीहरुले राष्ट्रिय मानव अधिकार आयोगलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए।

कमेन्ट लोड गर्नुस