सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको विभिन्न स्थानबाट ६ लाख बढीको भन्सार छलीका सामान बरामद

२०८१ असोज ८, ०८:२७ खबर संवाददाता

धनगढीः कैलालीको विभिन्न स्थानबाट ६ लाख ४४ हजार ५५० मूल्यको भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको बिभिन्न स्थान धनगढी–२ सन्तोषी टोल, धनगढी–१५ उर्मी, भजनी–७ हिक्मतपुर, भजनी–९ भुरुवा, टीकापुर–७ कालाकुण्डा, टीकापुर–९ बालुवाटार र कैलारी गाउँपालिका–५ छोट्कि पलिया र पृथ्विपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

उक्त स्थानबाट प्याज, चिनी, मसला, बिडी, सुर्ती, ललिपप, माछा मार्ने जाल, जुत्ता, फ्राक, फ्राकमा लगाउने जालिदार डिजाईनको पुतली, ट्याक्टरको टायर,  ब्यारिङ, ग्रिस, मोबिल फिल्टर, साईकल २ थान लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

उक्त सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस