सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारको नीतिमा “एक स्थानीय तह एक औद्योगिक उत्पादन“, बजेटमा एक निर्वाचन क्षेत्र दुई उद्योग

२०७६ असार २, १२:३२ खबर संवाददाता

सुदूरपश्चिम सरकारको “एक स्थानीय तह एक औद्योगिक उत्पादन“ सम्बन्धी नीतिले बजेटमा प्राथमिकता पाउन सकेको छैन्। गत जेठ १५ मा प्रदेश प्रमुख मोहनराज मल्लले प्रदेशसभामा प्रस्तुत गरेको अगामी वर्षको नीति तथा कार्यक्रममा “एक स्थानीय तह एक औद्योगिक उत्पादन“सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिईने उल्लेख गरिएको छ। तर आईतबार प्रदेशसभामा अर्थमन्त्री बहादुर झपट बोहोराले अगामी आर्थिक वर्ष २०७६÷७७ को बजेटमा भने उक्त कार्यक्रमलाई निरन्तरता दिन बजेटको व्यवस्था नगरेको पाईएको हो।

उल्टै “एक स्थानीय तह एक औद्योगिक उत्पादन“को नीतिलाई तोडमोड गरी एक निर्वाचन क्षेत्र दुई नविन उद्योगको कार्यक्रम बजेटमा समावेश गरिएको छ। बजेट वक्तव्यको ७० नम्बर बुँदामा “एक स्थानीय तह एक औद्योगिक उत्पादन“ सम्बन्धी  कार्यक्रमलाई प्राथमिकतामा  राखी प्रदेशको अर्थतन्त्रमा नेतृत्वदायी भूमिका प्रदान गर्न उद्योग व्यापारको स्थापना, रोजगारी सिर्जना र आर्थिक त्रियाकलापलाई तिव्रता दिन एक निर्वाचन क्षेत्र २ नवीन उद्योग सञ्चालन गरिने उल्लेख गरिएको छ। त्यसका लागि तीन करोड २० लाख बजेट विनीयोजन गरिएको छ। नीति तथा कार्यक्रमलाई तोडमोड गरी निर्वाचन क्षेत्रलाई प्राथमिकतामा राखिएपछि औद्योगिक उत्पादन विना स्थापना गरिने उद्योगले दीगो प्रतिफल नदिने आशंका गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस