सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका एक जना लागुऔषधसहित कैलालीमा पक्राउ

२०८१ असोज ७, ०५:२९ खबर संवाददाता

धनगढीः कैलालीमा एक जना लागुऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरबाट बझाङको केदास्यु गाउँपालिका–६ थापागाउँका ३१ वर्षीय डम्ब।बहादुर गुरधामी पक्राउ परेका छन्।

उनले सञ्चालन गरेको मष्टा एग्रो प्रोडक्सन एण्ड सप्लायर्सबाट काठको टेबलको घर्रा भित्र लुकाइ राखेको ५३.८१ ग्राम चरेश बरामद गरेको प्रहरीले जनाएको छ। उनलाई लागुऔषधसहित इलाका  प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

कमेन्ट लोड गर्नुस