सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से परिसूचकमा ५९ अंकको गिरावट

२०८१ असोज ७, ०४:५३ खबर संवाददाता

काठमाडौँः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट देखिएको छ।

आज नेप्से परिसूचक ५९ दशमलव ०२ अंकले घटेर दुई हजार पाँच सय २९ दशमलव ३३ अंकमा कायम भएको हो।  आज नेप्सेमा तीन सय २९ कम्पनीको एक करोड ३५ लाख ३५ हजार नौ सय तीन कित्ता सेयर ७७ हजार एक सय ५३ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ६६ करोड तीन लाख दुई हजार छ सय ८३ बराबरको कारोबार भएको छ।

आज सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै वित्त समूहको उपसूचक पाँच दशमलव ५६ प्रतिशतले घटेको छ। बैंकिङ एक दशमलव २७, विकास बैंक दुई दशमलव ४६, होटल तथा पर्यटन तीन दशमलव ३४, जलविद्युत् दुई दशमलव ८९ र लगानी समूह दुई दशमलव ७३ प्रतिशतले घटेको छ।

आजको कारोबारमा दुई सय २९ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ। हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ८४ प्रतिशतले बढेको छ।
 

कमेन्ट लोड गर्नुस