सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीबाट लागुऔषधसहित ४ जना पक्राउ

२०८१ असोज ५, ०५:०३ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका–४ बास्कोटाका योगेश भट्टसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

उनीहरुलाई २ सय १० मिलिग्राम लागुऔषधसहित आज दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो। 

कमेन्ट लोड गर्नुस