सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको बजेटः मुख्यमन्त्री कृषि कार्यक्रमका लागि ८८ स्थानीय तहलाई ५०–५० लाख

२०७६ असार २, ०७:२९ खबर संवाददाता

सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ। जस्मा कृषि क्षेत्रलाई प्राथमिकता दिईएको छ। प्रदेशका ९ वटै जिल्लामा सञ्चालन हुने मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यक्रमका लागि मात्रै ४४ करोड बजेट विनियोजन भएको छ। सो कार्यक्रम अन्तरगत नमूना कृषि गाउँ आफै बनाउँ भन्ने नाराका साथ प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले ४४ करोड बजेट विनियोजन गरिएको हो। उक्त कार्यक्रम सञ्चालन गर्दा स्थानीय सरकारसंग समेत समन्वय हुने बजेटमा उल्लेख छ।

यस्तै कृषियोग्य भुमिमा सिँचाई सुविधा विस्तारका लागि एक अर्व १६ करोड, ९ जिल्लामा नमूना लिफ्ट सिँचाई प्रणालीका लागि १० करोड, कञ्चनपुरमा भैसीफार्म स्थापना गर्न चार करोड, ८० हेक्टर क्षेत्रफलमा केरा खेतीका लागि २ करोड, मेसिन उपकरण अनुदानमा ५ करोड, चिस्यान केन्द्र निर्माणका लागि तीन करोड बजेट विनियोजन गरिएको छ। एक स्थानीय तह एक औद्योगिक उत्पादनका लागि तीन करोड र प्रदेशमा खाद्य डिपो स्थापना, घरेलु उद्योग स्थापनाका लागि ७ करोड बजेट विनियोजन भएको छ। 
 

कमेन्ट लोड गर्नुस