सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा भिरबाट लडेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

२०८१ असोज ४, ०९:२४ खबर संवाददाता

डोटीः डोटीमा भीरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ।

जिल्लाको जोरायल गाउँपालिका–४ नक्कुकी ३४ वर्षीया रोहिता बोहराको उपचारका क्रममा मृत्यु भएको हो।

उनी घरदेखि कैलालीको सहजपुर जानेक्रममा जोरायल–४ स्थित पत्थरखानी भिरबाट लडेर करिब एक सय मिटर तल खसी घाइते भएकी थिइन्। उपचारका क्रममा उनको धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस