सुदूर नेपाललाई विश्वसँग जोड्दै

शक्तिशाली आँधी आएको केही दिनमै फेरी चीनमा अर्को आँधी

२०८१ असोज ४, ०७:१२ खबर संवाददाता

चीनको सांघाईमा सहर क्षेत्रमा आएको तीव्र गतिको आँधीसँगै आएको वर्षा र बाढीले जनजीवन प्रभावित भएको छ।

बिहीवार फेङ्जियान जिल्लाबाट प्रवेश गरेको आँधीले करिब ६० हजार निर्माण क्षेत्रका श्रमिक विस्थापित भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ। तर ठुलो क्षतिका घटनाहरू भएका छैनन् भने आँधीको वेग कम हुँदै गएको छ।

पुलासन नाम दिएको आँधी ८३ किलोमिटर प्रतिघण्टाको वेगमा अवतरण गरेको थियो। जसका कारण सांघाइ र जियाङ्सुका धेरै क्षेत्रहरू खाली गराइएको छ। ७५ वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधी आएको केही दिनपछि चीनमा दोस्रो आँधी आएको हो। केही दिनअघि बेबिनकाको आँधीले विध्वंस मच्चाए लगत्तै दोस्रो आँधी आएको हो।
 

कमेन्ट लोड गर्नुस