सुदूर नेपाललाई विश्वसँग जोड्दै

अखिल क्रान्तिकारी बैतडीका पूर्व अध्यक्ष बम धनगढीमा बेहोस भेटिए

२०८१ असोज ३, ०९:४९ खबर संवाददाता

धनगढीः नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष  धनगढीमा बेहोस् अवस्थामा भेटिएका छन्।

अखिल क्रान्तिकारीको प्रदेश सम्मेलनमा प्रतिनिधिका रुपमा आएका बैतडीको पुर्चौडी नगरपालिकाका गणेश बम बिहीवार रातो पुलको मुनी बेहोस अवस्थामा भेटिएको कैलाली प्रहरीले जनाएको छ। उनी अखिल क्रान्तिकारी बैतडीका पूर्व अध्यक्ष समेत हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र बोहोराले बमलाई बेहोस अवस्थामा फेला पारेर उपचारका लागि निसर्ग अस्पताल धनगढीमा भर्ना गरिएको बताए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस