सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा सिडिओको धम्की पछि डाक्टर विदामा, अस्पतालको सेवा प्रभावित

२०७६ असार १, ०७:४८

डडेल्धुरामा प्रमुख जिल्ला अधिकारीको धम्कीपछि डाक्टरहरु विदामा बसेका छन्। शनिबार अस्पतालमा एक सुत्केरी महिलाको ज्यान गएपछि भएको घटनाका विषयलाई लिएर प्रमुख जिल्ला अधिकारीले नै डर धम्की देखाएको भन्दै डडेल्धुरा अस्पतालमा कार्यरत ११ जना डाक्टरले सामूहिक विदा लिएका हुन्।

उनीहरुले आज अस्पतालाई सामूहिक  निवेदन बुझाउदै काम गर्ने वातावरण नभए सम्मका लागि सामूहिक विदामा बस्ने बताएका छन्। निवेदनमा उनीहरुले जेठ ३१ गते शल्यक्रियाका क्रममा जिल्लाको अमरगढी नगरपालिका ६ की सुत्केरी महिला २५ वर्षीया पूजा ताम्राकारको मृत्यु भएको घटना पछि उत्पन्न परस्थितीप्रती प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउँदा आफूहरुको माग सुनवाई गर्नुको सट्टा डर धम्की देखाएको आरोप लगाईएको छ।

उनीहरुले हालको अवस्था समान्य नहुँदा सम्म र अस्पतालमा हुलदंगा गरी अराजकता मचाउने कारवाहीको दायरामा नल्याए सम्म काममा फर्किन नसक्ने उल्लेख गरेका छन्। शल्यक्रिया पछि सुत्केरी महिलाको शुक्रबार मृत्यु भएपछि अस्पतालमा आफन्तले चिकित्सकले लापरवाही गरेको भन्दै आन्दोलन गरेका थिए।  उनीहरुले आईतबार सदरमुकाममा प्रर्दशन समेत गरेका थिए।
 
 

कमेन्ट लोड गर्नुस