सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको जोशीपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

२०७६ असार १, ०७:३१ खबर संवाददाता

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत काममा लागी पारिश्रमिकमा आधारित सामुदायिक आयोजना आज बाट कैलालीको जोशीपुर गाउपालिकामा सुरु भएको छ। गउपालिकाका ७ वटै वडामा एकै साथ आयोजना सुरु गरिएको हो। जोशीपुर गाउपालिकाका वडा–वडा बाट विपन्न, आयस्तर कमजोर भएका, दैनीक गुजारा गर्न समेत धौ–धौ भएका युवा बेरोजगारलाई लक्षित गरि आयोजना सुरु गरिएको हो। 

जोशीपुर गाउपालिकामा लगभग चार हजारको हाराहारीमा रहेका बेरोजगार मध्ये १ सय ६२ जना बेरोजगारलाई रोजगारी प्रदान गर्ने लक्ष्यका साथ ३० दिन रोजगारी दिन आज बाट यो कार्यक्रमको सुरुवात भएको हो। आयोजनाको उद्धघाटन प्रत्येक वडाका अध्यक्षबाट गरिएको छ भने वडा नम्वर ७ मा  भने जोशीपुर गाउपालिकाका अध्यक्ष रामकृष्ण चौधरीको वडा परेको हुदा उनले नै उद्धघाटन गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस