सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा आज साहित्य उत्सव हुँदै

२०८१ असोज ३, ०८:०२ खबर संवाददाता

डोटीः डोटीमा आज साहित्य उत्सवको आयोजना गरिएको छ।

संविधान दिवसको अवसरमा नेपाली लेखक संघ डोटी र डोटेली साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा सिलगढीमा उत्सव आयोजना गर्न लागिएको हो। साहित्य उत्सवको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् डा. टीएन जोशीले उद्घाटन गर्ने तय भएको नेपाली लेखक संघ डोटीका अध्यक्ष फणेन्द्र साउदले बताए।

उत्सवमा सुदूरपश्चिमका नौ वटै जिल्लाबाट स्रष्टाहरू सहभागी हुन लागेको उनले बताए। कार्यक्रममा बिभिन्न स्रष्टाहरूको सम्मान, पुस्तक विमोचन, गजल तथा कविता वाचन एबम् जनप्रतिनिधिसंग साहित्य संवाद हुने बताइएको छ।

कमेन्ट लोड गर्नुस