सुदूर नेपाललाई विश्वसँग जोड्दै

लेबनानमा हिजबुल्लाहले प्रयोग गर्ने सञ्चार सेट पड्किँदा १२ जनाको मृत्यु

२०८१ असोज २, ०८:५४ खबर संवाददाता

एजेन्सीः लेबनानमा लडाकु समूह हिजबुल्लाहका सदस्यहरूले आपसमा सञ्चारका लागि प्रयोग गर्ने हाते पेजरहरू विस्फोट हुँदा १२ जनाको ज्यान गएको छ। सञ्चार सेटहरू एकैसाथ पड्किएर भएको घटनामा दुई हजार आठ सय जना घाइते भएका बीबीसीले जनाएको छ।

ज्यान गुमाउनेमा हिजबुल्लाह सांसद अलि अमरका छोरा र अर्का एक नेताकी १० वर्षीया छोरी पनि रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। लेबनानमा कार्यरत इरानी राजदूत पनि घाइते भएका छन्। घाइते भएकामध्ये धेरैजसोको कम्मर, अनुहार, आँखा र हातमा चोट लागेको छ।

हिजबुल्लाहले विस्फोटका लागि इजरायल जिम्मेवार रहेको आरोप लगाउँदै घटनाको बदला लिने चेतावनी दिएको छ। पेजर विस्फोटनको घटनाबारे इजरायली सेनाले भने प्रतिक्रिया दिन अस्वीकार गरेको छ। तर सीएनएनले इजरायली गुप्तचर निकाय र सेनाले संयुक्त रूपमा आक्रमण गरेका जनाएको छ।
 

कमेन्ट लोड गर्नुस