सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया बजारबाट ८२ किलो प्लाष्टिकका झोला जफत  

२०८१ असोज २, ०८:२६ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजार अनुगमनमा थप कडाई गरेको छ।

नगरपालिकाले बुधवार अनुगमनमा निरन्तरता दिएसँगै अत्तरिया बजार क्षेत्रका विभिन्न पसलहरुबाट प्रतिबन्धित प्लास्टिकका झोलाहरुको जफत गरेको छ। अनुगमनका क्रममा ८२.३९५ किलो प्लाष्टिक झोला जफत गरेको छ। अत्तरिया बसपार्क, पहाड लाईन, लोटस गल्ली र सब्जीमण्डी लगायतका २४ पसलबाट प्लाष्टिक झोला जफत गरिएको नगरपालिकाले जनाएको छ।

गोदावरी नगरपालिकाका नगर प्रहरीहरु, मालाखेती ईप्रकाका प्रहरीहरु र नगरपालिका प्रतिनिधिको सहयोगमा अत्तरिया बजारका ठेला ब्यावसायी, तरकारी पसल, किराना पसल लगायत पसलबाट प्लाष्टिकजन्य सामानहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो।

गोदावरी नगरपालिकाले नगरपालिका भित्र प्लाष्टिकजन्य बस्तु पूर्ण प्रतिवन्धका लागि विभिन्न संचार माध्यमबाट प्रचार प्रसार , सुचना, बजारमा माईकिङ पश्चात बजार अनुगमन सुरु गरेको थियो भने आज देखि अत्तरिया बजार क्षेत्रबाट पाष्टिक जन्य बस्तु फेला परे जफत गरिने छ।

प्लाष्टिक झोलाहरु निषेधित गर्न निरन्तर अनुगमन गरिएको र आज गरिएको अनुगमन अत्तरिया बजारका विभिन्न पसलहरुबाट प्लास्टिक झोला जफत मात्रै गरिएको साथै आगामी दिनमा फेरि फेला परे जरिवाना समेत तिराउने समेत नगरपालिकाले जनाएको छ।

सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र सँगै प्रदेश राजधानीको शहरले चिनिएको अत्तरिया बजारमा नगरपालिकाद्वारा प्लाष्टिक जन्य पदार्थ प्रतिबन्ध सँगै अव्यवस्थित रुपमा संचालित ब्यावसाय दर्ताका लागि निरन्तर अनुगमन गर्दै गरेको छ।
 

कमेन्ट लोड गर्नुस