सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर १५ मा १८ वर्ष उमेर पूग्नेले मतदान गर्न पाउने

२०८१ असोज २, ०६:१३ खबर संवाददाता

काठमाडौँः भदौ मसान्तसम्म मतदाता नामावली दर्ता गराएका र आगामी मंसिर १५ गतेभित्र १८ वर्ष पूरा हुने मतदाताहरूले उपनिर्वाचनमा मतदान गर्न पाउने भएका छन्।

स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदैछ। निर्वाचन आयोगले बुधवार उपनिर्वाचनका लागि मतदाताको उमेर अठार वर्ष पुग्ने मिति र मतदाता नामावली अद्यावधिक गर्नेबारे निर्णय लिएको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार भदौ मसान्तसम्म नागरिकता पाएर मतदाता नामावलीमा नाम दर्ता भइसकेका र आगामी मंसिर १५ गतेसम्ममा १८ वर्ष पूरा भएकाहरूले उपनिर्वाचनमा मतदान गर्न पाउने व्यवस्था आयोगले गरेको हो।

हाल जिल्ला प्रशासन कार्यालयहरूबाट नागरिकता पाउनेबित्तिकै मतदाता नामावली समेत दर्ता गर्ने चलन छ। १६ वर्षमै नागरिकता पाउने व्यवस्था भएपनि मतदानको अधिकार भने १८ वर्ष पुगेपछि मात्रै पाउने कानूनी व्यवस्था छ।
 

कमेन्ट लोड गर्नुस