सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरो खसेपछि महाकाली लोकमार्ग अवरुद्ध

२०८१ असोज २, ०३:३५ खबर संवाददाता

बैतडीः पहिरो खसेपछि महाकाली लोकमार्ग अवरुद्ध भएको छ।

बैतडीको दोगडाकेदार गाउँपालिका–५ सल्सेनामा पहिरो खसेपछि लोकमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। लोकमार्ग अवरुद्ध हुँदा बैतडीसहित तराइँबाट दार्चुलाका लागि छुटेका सवारीसाधन र दार्चुलाबाट छुटेका सवारीसाधन बिचबाटोमै रोकिएका छन्।

आज दिउँसो १ बजेतिर खसेको पहिरो पन्छ्याउन पहल भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। सडक कार्यालयसँग समन्वय गरेर लोकमार्गको अवरोध हटाउने प्रयास भइरहेको उनले बताए।

कमेन्ट लोड गर्नुस