सुदूर नेपाललाई विश्वसँग जोड्दै

११ महिनामा कैलाली भन्सारबाट साढे १९ अर्वको सामान आयात, ७१ करोडको निर्यात

२०७६ असार १, ०७:१५ खबर संवाददाता

कैलाली भन्सारबाट सामान आयातको दर बर्षेनी बढ्दै गएको छ। प्रदेश सरकारले आज प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक बर्षको बजेट वक्तव्यका अनुसार प्रत्येक बर्ष कैलाली भन्सारबाट सामान आयातको दर बढ्दै गएको हो। आर्थिक बर्ष २०७४/०७५ मा १६ अर्व ३८ करोडको सामान आयात भएकोमा चालु आर्थिक बर्षको ११ महिनामा मात्रै १९ अर्व ३६ करोडको सामाना आयात भएको छ। 

यस्तै गत आर्थिक बर्षमा सामान आयात गर्दा तीन अर्व ९७ करोड र चालु आर्थिक बर्षमा ४ करोड ७० लाख राजश्व संकलन भएको छ। यस्तै गत बर्ष कैलाली भन्सारबाट ६२ करोडको सामान निर्यात भएकोमा चालु आर्थिक बर्षमा ७१ करोड तीन लाखको सामान निर्यात भएको छ। गत बर्ष निर्यात गर्दा ७ लाख राजश्व संकलन गरेको कैलाली भन्सारले चालु बर्षमा १३ लाख ५७ हजार राजश्व संकलन गरेको छ। 
 

कमेन्ट लोड गर्नुस