सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनएमबि बैंकले वितरण गर्यो शैक्षिक सामग्री

२०८१ असोज १, ०८:१५ खबर संवाददाता

धनगढी: एनएमबि बैँक लिमिटेड, धनगढी चौराहा शाखाले शैक्षिक सामग्री वितरण गरेको छ। धनगढी उपमहानगरपालिका–३ को त्रिभुवन माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको हो।

सामाजिक सेवा कार्यक्रम अन्तर्गत बैंकले ५० हजार मूल्य बराबरको बालबालिकाहरूका लागि खेल सामग्री, शैक्षिक सामग्री विद्यालयमा वितरण गरिएको बैँकका शाखा प्रमुख गोकर्ण बहादुर कार्कीले बताए। बालबालिकाको शैक्षिक उन्नतिका लागि खेल सामग्री र शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ।

बैँकले उक्त सामग्री मङ्गलवार एक कार्यक्रमका बीच शाखा प्रबन्धक गोकर्णबहादुर कार्की र व्यवसाय विकास प्रबन्धक रानु तिवारीले विद्यालयका प्रधानाध्यापक सीताराम अवस्थी र विद्यालयका अध्यक्ष शिवनारायण रानालाई हस्तान्तरण गरेका हुन्।

 

कमेन्ट लोड गर्नुस