सुदूर नेपाललाई विश्वसँग जोड्दै

थरुहट प्रदेशको माग सहित भदौबाट फेरी आन्दोलन थाल्ने चेतावनी

२०७६ असार १, ०६:५७ खबर संवाददाता

थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिले आगामी भदौबाट थरुहट प्रदेशको माग सहित आन्दोलन थाल्ने जनाएको छ। आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समितिले भदौ ७ गते टीकापुरमा राष्ट्रिय सम्मेलन गर्ने र आफ्ना विगतदेखिकै मागहरू अघि सार्दै आन्दोलन थाल्ने जनाएको हो।

शनिवार त्यसैको तयारी स्वरुप माधव चौधरीको संयोजकत्वमा ५१ सदस्यिय थरुहट÷थारुवान संयुक्त सङ्घर्ष समिति गठन गरिएको संयुक्त सङ्घर्ष समिति कैलालीका अध्यक्ष माधव चौधरीले बताए।   आफ्ना अधिकार स्थापीतका लागि आन्दोलन गर्ने तर सरकारले दवाउन खाजेपछि प्रतिकारमा उत्रिने थारु नेला लक्ष्मण चौधरीले बताए।
 

कमेन्ट लोड गर्नुस