सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाढी र पहिरोका कारण म्यानमारमा २०० भन्दा धेरैको मृत्यु

२०८१ असोज १, १२:४७

याङ्गुन: म्यानमारमा बाढी र पहिरोका कारण मर्नेको सङ्ख्या बढ्दो छ। समुद्री आँधी यागीका कारण आएको बाढी र पहिरोमा परेर २०० जना भन्दा धेरै जनाको मृत्यु भएको त्यहाँको सैन्य सरकारले बताएको छ। अरू ८० जना बेपत्ता रहेको बताइएको छ।

यस आँधीले भियतनाम, लाओस्, थाइल्यान्ड र म्यानमारमा गएको हप्ता ५०० भन्दा धेरै जनाको मृत्यु भइसकेको सरकारी तथ्याङ्कहरूले देखाएका छन्। यागीका कारण म्यानमारमा पूरै गाउँ ध्वस्त हुँदा २२० जनाको मृत्यु भएको छ। सयौँ हजार खेतीयोग्य जमिन ध्वस्त भएका छन्। ५ लाखभन्दा धेरै मानिसलाई तत्कालै खानेकुरा र पिउने पानी, आश्रय र लत्ताकपडा चाहिएको संयुक्त राष्ट्र सङ्घ (यूएन)ले भनेको छ।

यो बाढी म्यानमारको हालैको इतिहासमा आएको सबैभन्दा विनाशकारी भएको यूएनले भनेको छ। यागीका कारण थाइल्यान्डमा १० जनाको मृत्यु भएको छ भने लाओसमा एकको मृत्यु भएको थियो। भियतनाममा मृत्यु हुनेको सङ्ख्या २९२ पुग्दा, ३८ जना बेपत्ता छन्। आँधीले २ लाख ३० हजार घरहरूमा क्षति पुगेको थियो।  

कमेन्ट लोड गर्नुस