सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेलधुरा अस्पताल विकास समितिका तत्कालीन अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

२०८१ भदौ ३१, ०५:४२ खबर संवाददाता

डडेलधुराः डडेलधुरा अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको आरोपमा उनीविरुद्ध सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो।डडेलधुरा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन र नियुक्ति हुनका लागि उनले इन्टरमिडियट र स्नातकको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएको अभियोग पत्रमा उल्लेख छ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारीका अनुसार सिंहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको माग दाबी गरिएको छ।

कमेन्ट लोड गर्नुस