सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बेपत्ता २ जना मृत भेटिए

२०८१ भदौ ३०, ०२:२३ खबर संवाददाता

धनगढीः कैलालीमा बेपत्ता दुई जना मृत फेला परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–६ को बेलुबोझीका ८ वर्षीय बालक आरभ चौधरी मृत अवस्थामा फेला परेका छन्।

शनिबार साँझदेखि हराइरहेका आरभ आइतबार बिहान घर नजिकैको सडक छेउमा रहेको नालामा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबीन्द्रसिंह बोहराले बताए। यस्तै, भजनी नगरपालिका–८ को गुडचौरामा लडेको अवस्थामा सोही स्थानका ५५ वर्षीय जयराम डगौरा पनि मृत फेला परेका छन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस