सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजिप्टमा रेल ठोक्किँदा ३ जनाको मृत्यु, ४९ घाइते

२०८१ भदौ ३०, ०१:०८

एजेन्सीः इजिप्टको राजधानी कायरोको उत्तरमा रहेको शार्किया प्रान्तमा शनिबार दुईवटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ।

साथै अन्य ४९ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ४४ घाइतेको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।  पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ। मन्त्रालयले यसअघि सार्कियाको जागाजिग शहरमा भएको दुर्घटनास्थलमा ३९ वटा एम्बुलेन्सलाई घाइतेको उद्दारका लागि पठाइएको जनाएको थियो।

शार्किया प्रान्तका गभर्नर हाजेम अल–अशमोनीले दुईवटा रेलबाट सबै यात्रुहरूलाई बाहिर निकालिएको छ। इजिप्टको राष्ट्रिय रेलवे प्राधिकरणले दुर्घटनाको प्राविधिक कारणहरू पत्ता लगाउन रेलवे विशेषज्ञहरूको समिति गठन गरिएको बताइएको छ।

कमेन्ट लोड गर्नुस