सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनएचपीसीले राख्यो एसआर–६ को बिजुली भारत लैजान लाइन प्रयोगको प्रस्ताव

फाइल फोटो
फाइल फोटो
२०८१ भदौ ३०, १०:५६ खबर संवाददाता

धनगढीः भारतीय कम्पनी एनएचपीसीले राष्ट्रिय प्रसारण ग्रीड कम्पनीसँग प्रसारण लाइन प्रयोगको प्रस्ताव राखेको छ।

एनएचपीसीले वेस्ट सेती–६ (एसआर–६) बाट उत्पादन गर्ने बिजुली राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले बनाउने प्रसारण लाइन प्रयोग गर्ने प्रस्ताव गरेको हो। एनएचपीसीले एसआर–६ को बिजुली प्रसारण गर्न राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको प्रसारण लाइन प्रयोगको प्रस्ताव गरेको हो। यसमा उसले ह्विलिङ चार्ज तिर्ने गरी प्रस्ताव पठाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीले बताए।

‘एनएचपीसीले निर्माणको जिम्मा लिएको पश्चिम सेतीको सम्झौता भइसक्यो। अहिले एसआर–६ को लागि प्रस्ताव राखेको छ।’ एसआर–६ बाट उत्पादन भएको बिजुली ग्रीड कम्पनीलाई ह्विलिङ चार्ज तिरेर दोधार सवस्टेसनसम्म लैजानको लागि प्रस्ताव राखेको ज्ञवालीले बताए। एनएचपीसीले ७५० मेगावाटको पश्चिम सेती, ४५० मेगावाट सेती नदी ६ (एसआर सिक्स) बनाउनेछ।

कमेन्ट लोड गर्नुस