सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाजामा इजरायलको आक्रमणबाट एकै परिवारका ११ जनाको मृत्यु

२०८१ भदौ २९, ०५:२० खबर संवाददाता

एजेन्सिः गाजाको नागरिक सुरक्षा विभागले शनिवार एउटा घरमा भएको इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको बताएको छ।

“पूर्वी गाजा सहरमा बुस्तान परिवारको घरमा भएको इजरायली आक्रमणबाट हामीले चार बालबालिका र तीन महिलासहित ११ जनाको शव फेला पारेका छौँ”, विभागकाका प्रवक्ता महमुद बस्सलले बताए। गाजा सहरको अल–तुफाहमा रहेको सुजैया विद्यालय नजिकै आक्रमण भएको उनले बताए।

“उद्धारकर्ताले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्”, बस्सलले भने। इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन। बस्सलले इजरायली सेनाले हमासद्वारा सञ्चालित क्षेत्रका केही अन्य भागमा रातारात यस्तै आक्रमण गर्दा कम्तीमा १० जनाको मृत्यु भएको बताए। 
 

कमेन्ट लोड गर्नुस