सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नदीमा डुबेर एक जना बेपत्ता

२०८१ भदौ २९, ०२:५४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा नदीमा डुबेर एक जना बेपत्ता भएका छन्।

धनगढी उपमहानगरपालिका–९ बनकट्टी घाटमा मोहना नदी तर्नेक्रममा एक जना डुबेर बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका–१० का अन्दाजी २७ वर्षीय विशाल राना डुबेर बेपत्ता भएका हुन्।

अहिले घटनास्थलमा प्रहरी टोली खटिएर खोजीकार्य गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कमेन्ट लोड गर्नुस