सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा २ किशोर बगे, एक जनाको शव फेला

२०८१ भदौ २९, ०१:४२ खबर संवाददाता

कञ्चनपुरः महाकाली नदीमा २ किशोर बगेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन्।

महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक इश्वर थापाले बताए। उनका अनुसार आज दिउँसो भीमदत्त नगरपालिका–१२ का १८ वर्षीय सौरभ दमाइ र सोही स्थानका १५ वर्षीय अबि दमाइ दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगेका हुन्।

बगेकामध्ये सौरभको शव फेला परेको छ। दोधारा–चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ। स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन्।

कमेन्ट लोड गर्नुस