सुदूर नेपाललाई विश्वसँग जोड्दै

चोरी मुद्दामा फरार कञ्चनपुरका एक किशोर पक्राउ

२०८१ भदौ २९, ०८:१९ खबर संवाददाता

कञ्चनपुरः चोरी मुद्दामा फरार कञ्चनपुरका एक किशोर पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–९ ब्रहमदेब बस्ने १८ वर्षीय किशोर शुक्रवार पक्राउ परेका हुन्।

कञ्चनपुर जिल्ला अदालतको मिति २०८० मंसिर १९ गतेको फैसलाले चोरी मुद्दामा ६ महिना कैद सजाय र १० हजार जरीवाना तोकपछि फरार रहेका थिए। किशोरलाई इलाका प्रहरी कार्यालय ब्रह्मदेबबाट खटिएको प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरेको जनाएको छ। 

कमेन्ट लोड गर्नुस