सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले आज २९ अर्बको बजेट ल्याउँदै

२०७६ असार १, ०१:१९ खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷२०७७ को लागि झण्डै २९ अर्वको बजेट ल्याउँदैछ। आज दिउँसो साढे ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारले अमागी वर्षका लागि २९ अर्ब बराबरको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ।

गत असार १ गते चालु आर्थिक बर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याएको प्रदेश सरकारले झण्डै चार अर्ब बढि बजेट ल्याउन लागेको हो।  तीन वर्ष भित्र कृषिमा आत्मनिर्भर हुने गरी बजेट ल्याउन लागेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए।

 वैदेशिक निर्यातलाई प्रतिस्थापन गर्ने र स्वदेशमै रोजगारीका सम्भावनालाई उजागर गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने अर्थ मन्त्री बोहराले बताए। ‘प्रदेशको गरिबी र बेरोजगारलाई पनि हटाउने गरि बजेट ल्याईने तयारी छ।‘ उनले भने।

बजेटले विकट जिल्लाहरूलाई प्राथमिकतामा राख्ने समेत उनले बताए।  तर चालु आर्थिक वर्षको एक महिना मात्रै बाँकी रहेको अवस्थामा प्रदेश सरकराले झण्डै ७० प्रतिशत विकास बजेट भने खर्च गर्न बाँकी रहेको छ।
 

कमेन्ट लोड गर्नुस