सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीसहिच चार जिल्लाका १३ सयलाई वातावरणीय सामाजिक सुरक्षणको तालिम

२०८१ भदौ २८, ०६:२७

धनगढीः कैलालीसहित चार जिल्लाका १३ सय नागरिकलाई वातावरणीय सामाजिक सुरक्षण तालिमसम्बन्धी तालिम दिइएको छ। कैलाली, कञ्चनपुर, बर्दिया र बाँकेका स्थानीय तहहरुमा वातावरणको संरक्षण, सामाजिक सुरक्षणको सन्तुलन तथा जोखिम न्यूनीकरणका लागि स्थानीयलाई तालिम दिइएको हो।

युएसएआइडीको आर्थिक सहयोगमा कैलालीको धनगढी उपमहानगरपालिका, घोडाघोडी, गोदावरी र भजनी नगरपालिका तथा चुरे गाउँपालिकाका नागरिकलाई तालिम दिइएको छ। यस्तै, कञ्चनपुरको बेलडाडी गाउँपालिका, लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका, शुक्लाफाटा नगरपालिका र भीमदत्त नगरपालिकाका नागरिकलाई तालिम दिइएको छ। बर्दियाको राजापुर नगरपालिका, ठाकुर बाबा नगरपालिका, गेरुवा गाउँपालिका र मधुवन नगरपालिकाका नागरिकलाई तालिम दिइएको छ। यस्तै, बाँकेका नरैनापुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिका गरेर जम्मा १८ वटा स्थानीय तहमा तालिम सञ्चालन गरिएको हो।

कैलालीसहित चार जिल्लाका १ हजार तीन सय नागरिकलाई दुई दिनसम्म वातावरण र सामाजिक सुरक्षण विषयक तालिम सञ्चालनमा रहेको आरआइएमसीले जनाएको छ। सामुदायिक वनका सदस्यहरू तथा महिला समूह, नेपाल प्रहरी र विद्यार्थीहरूलाई तालिम दिइएको हो।

 

कमेन्ट लोड गर्नुस