सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा करेन्ट लागेर एक बालकको मृत्यु

२०८१ भदौ २७, ०६:०४ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–८ बस्ने टेकबहादुर बोहराको ५ वर्षीय छोरा रितिक बोहराको करेन्ट लागेर आज (बिहीवार) बिहान मृत्यु भएको हो।

घरमा खेल्ने क्रममा नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका बालकको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

कमेन्ट लोड गर्नुस