कञ्चनपुरबाट लागुऔषधसहित पाँच जना पक्राउ
धनगढी : कञ्चनपुरबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ जानकी टोलबाट उनीहरू एक दशमलव ९० ग्राम लागुऔषधसहित पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरीले शुक्लाफाटा नगरपालिका–१ वन्साहाका २० वर्षीय सन्तोष विष्टसहितका पाँच जनालाई बुधवार साँझ पक्राउ परिएको बताएको छ। उनीहरूलाई लागुऔषध ब्यूरो महेन्द्रनगर, प्रदेश प्रहरी कार्यालय महेन्द्र नगर र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको संयुक्त टोलीले पक्राउ गरेको हो।