सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्यमा सामान्य गिरावट

२०८१ भदौ २७, १२:४७ खबर संवाददाता

काठमाडौँः स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार प्रतितोला एक लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५३ हजार तीन सय निर्धारण भएको छ।

बुधवार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो। यस्तै चाँदीको मूल्य तोलामा १५ ले बढेको छ। बुधवार प्रतितोला एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ९५ रुपैयाँ निर्धारण भएको छ।
 

कमेन्ट लोड गर्नुस